बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सातौँ पटक पिचिची अवार्ड जितेका छन् । ला लिगाको यस सिजनमा पनि सर्वाधिक गोल गर्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् ।
बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले लिगको यस सिजनमा २५ गोल गरेका थिए । मेस्सीले लिग विजेता रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई ४ गोलले पछि पारेका छन् ।
यस सिजनमा बेन्जिमाले २१ गोल गरेका छन् । यस सिजन मेस्सीको टिम बार्सिलोना भने दोस्रो स्थानमा रहन सफल भएको छ ।