काठमाडौं । रोमानियामा आइतबार राति भएको सांगीतिक कार्यक्रममा गायक प्रकाश सपूतमाथि बोतल प्रहार गर्ने नेपाली व्यक्तिमाथि कानुनी प्रक्रिया सुरु भएको छ ।
कार्यक्रमका आयोजक नरेश गिरीका अनुसार गायक सपूतमाथि बियरको बोतल प्रहार गर्ने व्यक्ति अहिले त्यहाँको अध्यागमनमा छन् । कार्यक्रमस्थलबाटै पक्राउ परेका उनलाई प्रहरीले कानुनी प्रक्रियाका लागि अध्यागमनलाई बुझाएको हो ।
गएराति ९ बजे रोमानियामा आयोजित ‘याद म्युजिक फेस्टिभल’मा गायक प्रकाशले गीत गाउने क्रममा उनलाई सहभागीमध्येका एकले बियरको बोतल प्रहार गरेका थिए । जसले उनको गालामा लागेको थियो । उनी सकुशल रहेको आयोजकले बताएको छ ।
कार्यक्रममा करिब ४०० नेपाली सहभागी थिए ।