राँची । बलिउड अभिनेत्री अमिषा पटेलले राँची अदालतमा आत्मसमपर्ण गरेकी छिन् ।
शनिबार अमिषा पटेल ठगी मुद्दामा उपस्थित हुन राँची सिभिल कोर्ट पुगिन्, त्यसपछि अभिनेत्रीले आत्मसमर्पण गरिन् ।
चलचित्र अभिनेत्री अमिषा पटेल र उनका व्यापारिक साझेदार कुणाल गुमार विरुद्ध ठगी मुद्दा दर्ता भएको थियो ।
उनीमाथि पैसा लिएर म्युजिक एल्बम नबनाएको आरोप छ । यसबाहेक उनीमाथि ठगी र धम्की दिएको पनि आरोप छ ।
यस मामिलामा राँची सिभिल कोर्टले अभिनेत्रीलाई अदालतमा उपस्थित हुन भनेको थियो तर उनी अदालतमा उपस्थित हुन इन्कार गर्दै आएकी थिइन् । जसकाकारण अदालतले उनीविरुद्ध वारेन्ट जारी गर्नु परेको थियो ।
अदालतमा हाजिर भएपछि अमिषा पटेललाई २१ जुनसम्म सशर्त जमानत दिइएको छ । यस विषयमा अर्को सुनुवाई जुन २१ मा हुनेछ। अदालतले सो समयमा पनि अमिषा पटेललाई उपस्थित हुन आदेश दिएको छ ।
अर्गोरा निवासी अजय कुमार सिंहले नोभेम्बर १७, २०१८ मा सीजेएम अदालतमा सो मुद्धा हालेका थिए । अमिषा पटेलले संगीत बनाउने नाममा अजयकुमार सिंहसँग २.५ करोड भारतीय रुपैयाँ लिएको आरोप छ ।