काठमाडौं । आर्थिक बर्ष २०२२/०२३ मा भारतीय स्मार्ट फोनको निर्यातबाट १० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको तथ्याङ्कले देखाएको छ ।
यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’ स्मार्टफोनले कुल निर्यातको ५० प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले ४० प्रतिशत मोबाइल निर्यात गरेको छ । अन्य स्मार्टफोन कम्पनीहरुले निर्यातको बाँकी १० प्रतिशत हिस्सा ओगटेका छन् ।
भारत आफ्नो इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रमा बलियो हुँदै गएको छ । विश्वव्यापी रूपमा आफ्नो छाप छोडिरहेको छ । स्मार्टफोन उत्पादनमा सरकारले निकै ध्यान दिइरहेको छ । भारतमा दूरसञ्चार उद्योग सरकारको प्राथमिकताको सूचीमा छ ।
अहिले भारतलाई विश्वका ठूला निर्माण कम्पनीहरूले प्राथमिकता दिइरहेका छन्। हालै सामसुङले भारतमा विश्वको सबैभन्दा ठूलो फोन उत्पादन एकाई खोलेको छ ।
एप्पल जस्ता अन्य प्रमुख वैश्विक विशाल कम्पनीहरूले पनि भारतमा महत्वपूर्ण निर्माण एकाइहरू स्थानान्तरण गरेका छन् ।