काठमाडौं । नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता सुधार भएको हो ।
नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ। अघिल्लोपटकको वरीयतामा समेत नेपाल १०३ औं स्थानमा रहेको थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औं स्थानमा रहेको छ।
त्यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल दोस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अघि रहेको भारत ६१ औं स्थानमा रहेको छ।
विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ। यस्तै जर्मनी दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो स्थानमा रहेको छ।