काठमाडौं । चार वर्ष पुरानो आपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजायको फैसलापछि भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ।
बिहीवार गुजरातको सुरत जिल्ला अदालतले कांग्रेस नेता गान्धीलाई दोषी ठहर गर्दै सजाय सुनाएको एक दिनपछि शुक्रवार संसद्को तल्लो सदनको कार्यालयले सांसद पद खारेज भएको निर्णय सुनाएको हो।
राहुल गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद पदमा निर्वाचित भएका थिए । गान्धी अहिले ३० दिनका लागि जमानतमा छन् । उनले अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।
गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए । यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिएका थिए ।