काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन संकट अन्त्यका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङको १२ बुँदे प्रस्तावमा छलफल गर्ने प्रतिवद्धता जनाएका छन् ।
रुस भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ता पछि पुटिनले उक्त योजनामाथि छलफल गर्ने प्रतिवद्धता जनाएका हुन् । पुटिनले युक्रेनसँगका जुनसुकै समस्या समाधानका लागि रुस वार्ता र संवादका लागि सधैं तयार रहेको पनि बताएका छन् ।
अन्तर्राष्ट्रिय न्यायका सिद्धान्तहरु पालना गरेको र हरेक देशका लागि सहयोगी भूमिका निर्वाह गरेको भन्दै पुटिनले चीनको खुलेर प्रशंसा गरेका छन् ।
चिनियाँ राष्ट्रपति सीले भने पुटिनकै नेतृत्वमा रुसले विकास र ठूलो प्रगति गरेको प्रसँग उल्लेख गर्दैै रुसी जनताले सधैं पुटिनलाई साथ दिनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् । चिनियाँ राष्ट्रपति सीको मस्को भ्रमणलाई लिएर विश्व समुदायबाट मिश्रित प्रतिक्रिया आएको छ ।