काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई खेलहरु हुँदैछन् । लिगको पाँचौं चरण अन्तर्गत आज दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
च्यासलमा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
आज चर्च ब्वाइज चौंथो जितको खोजीमा हुनेछ । चर्च ब्वाइज ४ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । चर्च ब्वाइज मछिन्द्रलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । मछिन्द्र भने दोस्रो जितको खोजीमा हुनेछ ।
यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र जावलाखेल बीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । थ्री स्टार आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । जावलाखेल पनि तेस्रो जितको खोजीमा हुनेछ ।