काठमाडौं । नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुँदैछन्। लिगको चौंथो चरण अन्तर्गत आज तीन खेलहरु हुन लागेको हो। जसमा एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रंगशालामा हुनेछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ। संकटा र चर्च ब्वाइजबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ। संकटा आज दोस्रो जितको खोजीमा हुनेछ भने नवप्रवेशी चर्च ब्वाइज लगातार चौंथो जितको खोजीमा हुनेछ।
त्यस्तै रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ। जावलाखेल तेस्रो जित निकाल्ने योजनामा रहेको छ। फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछ।
रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने छन्। पुछारका दुई टोलीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ। साविक विजेता मछिन्द्र पहिलो जितको खोजीमा रहेको छ भने पुलिस पहिलो अंकको खोजीमा रहेको छ।