काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने तथा विकेट किपर तथा ओपनर अर्जुन साउँद ’द हन्ड्रेड’ लिगको खेलाडी चयनका लागि हुने ड्राफ्टका लागि छनोट भएका छन् ।
विश्वको सबैभन्दा पछिल्लो फम्र्याटको खेलाडी ड्राफ्टका लागि यि दुई खेलाडी चयन भएको हुन् । ड्राफ्टमा अर्जुन र सन्दीपसहित ३ सय ६८ खेलाडी चयन भएका छन् ।
खेलाडी ड्राफ्ट मार्च २३ मा आयोजना हुनेछ । यस संस्करणको द हन्ड्रेड अगस्ट १ बाट सुरु हुँदैछ ।