काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले यस वर्ष रुसलाई पराजित गरेरै छाड्ने दावी गरेका छन् । जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उनले रुसलाई पराजित गर्ने प्रतिवद्धता दोहोर्याएका हुन् ।
दोस्रो विश्वयुद्ध पछि युरोपमा भीषण युद्ध सुरु भएको वार्षिकीका सन्दर्भमा युरोपेली मुलुकको राजधानीमा रुसी आक्रमणविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।
पश्चिमा राष्ट्रले भने रुसी बैंक सैन्य क्षेत्र लगायतमा आर्थिक उपार्जनका केन्द्रलाई क्षीण तुल्याउन अझ कठोर प्रतिबन्ध लगाउने अभिव्यक्ति दिइरहेका छन् ।
७ वटा औद्योगिक राष्ट्रको समूहले पनि रुसमाथि गम्भीर नाकाबन्दी लगाउने चेतावनी दिएको छ ।