काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले फिलिपिन्समा आएको आँधीका कारण भएको मानवीय एवम् भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमु आल्डेज मार्कोसलाई सन्देश पठाउँदै सी ले दुःख व्यक्त गरेका हुन् । राष्ट्रपति सीले उष्ण कटिबन्धीय आँधीबाट भएको क्षतिले आफू स्तब्ध भएको र चिनियाँ सरकार तथा नागरिकको तर्फबाट दुःख व्यक्त गरेको बताएका छन् ।
साथै उनले विपद्लाई पार लगाउन र पुनर्निर्माणका काममा चिनियाँ पक्षले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १ सय ५० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परि ३६ जना बेपत्ता छन् ।