काठमाडौं । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी लडाकु समूह हमासले गरेको आक्रमणमा ७ सय भन्दा बढी मध्ये १० जना नेपालीको पनि ज्यान गएको बेला सरकारको काम कारबाही सन्तोषजनक नभएको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद ढकालले ४५ सय भन्दा बढी नेपाली इजरायलमा रहेको बताउँदै आइतबार प्रतिनिधि सभामा पराराष्ट्रमन्त्रीले यस बारेमा अपुष्ट जानकारी दिएको बताए ।
उनले भने, ‘सञ्चार माध्यममा आएका जानकारी पनि नेपाल सरकारलाई छैन । यो अवस्थामा नेपाल सरकारले प्रभावकारी रुपमा उद्धार कार्य गरोस् भनी म नेपाल सरकारसँग माग गर्न चाहन्छु । ’
ढकालले धरानदेखि, सर्लाही हुँदै नेपालगञ्जसम्म सामाजिक सद्भाव विथोल्ने को हो ? भनी प्रश्न गर्दै त्यसको जानकारी नेपाल सरकारले सदनमा तत्काल गराउन माग गरे ।