काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि नेपाली कांग्रेसले बीपी महोत्सव स्थगित गरेको छ ।
बीपी साहित्य महोत्सव तयारी समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले महोत्सवका बाँकी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
बीपी कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा कांग्रेसले आयोजना गरेको बीपी महोत्सवको दुई दिनको कार्यक्रम भने सम्पन्न भइसकेको छ।