काठमाडौ । नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य प्रेमलकुमार खनालले पछिल्लो समयमा एक क्वीन्टल सून प्रकरणमा प्रमुख प्रतिपक्ष दलले संसद अवरोध गर्नुको कुनै तुक नभएको बताएका छन् । सरकारका संयन्त्रहरुले अनुसन्धान गरिरहेका बेला उच्चस्तरीय छानबिन समिति बनाउने माग राख्नुनै तथ्यपरक नभएको बताए ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै नेता खनालले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दालाई समेत ओझेलमा पार्ने गरी संसद अवरुद्ध हुनु कुनैपनि हालतमा न्यायोचित हुन नसक्ने बताए ।
प्रमुख प्रतिपक्ष दलले छिटो र गहिराइमा गएर अनुसन्धान गर्न दबाब दिनुलाई स्वभाविक मान्न सकिएतापनि सरकारलाई काम नै गर्न नदिने परिपाटी भने गलत भएको खनालले बताए । उनले यदि सार्वभौम संसदलाई लामो समयसम्म बन्धक बनाए चल्नै नदिने हो भने संसदलाई नै विघटन गर्नुको विपल्प नभएको बताए ।
सरकारले भ्रष्टाचार र अनियमितताको छानबिन गरेर अनुसन्धानलाई अगाडि बढाउँदा आफ्ना नेता कार्यकर्ता पनि अनुसन्धानको दायरामा आउने भएकाले एमाले आत्तिएको नेता खनालले बताए ।