काठमाडौ । चार दल मिलेर गठन भएको समाजवादी मोर्चाबाट नेकपा एमालेलाई कुनै आपत्ति नभएको नेकपा एमालेका नेता नागिन्द्र शाहीले बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै नेता शाहीले एमाले राजनीतिक रुपमा बाघ भएकाले स्यालहरुले घेर्न खोज्दैमा आत्तिनु नपर्ने तर्क गरे ।
मुलुकमा राजनीतिक परिवर्तन भएपछि जुन रुपमा जनताको जीवनस्तरमा परिवर्तन हुनुपर्र्दथ्यो, त्यो हुन नसकेको बताउँदै नेता शाहीले यसको मूल जड भनेको प्रचण्ड प्रकोप भएको बताए । उनले प्रचण्डले मच्चाएको ध्वंसको क्षतिपूर्ति स्वरुप राज्यका सबै साधन र श्रोत समेत लगानी भइरहेको बताए ।
राजनीतिक रुपमा कमजोर भएका बेला प्रचण्डले जनताबाट तिरस्कृत भएका राजनीतिक शक्तिलाई जोडेर सत्ता बार्गेनिङका लागि समाजवादी मोर्चालाई अगाडि सारेको नेता शाहीको तर्क छ ।