काठमाडौं । युवा राजनीतिज्ञ रविकिरण हमालले अहिले नेपालको राजनीतिक दुई ध्रुवमा विभक्त भएको बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै हमालले यथास्थितिवादी र परिवर्तनकामी राजनीतिक शक्तिबीचको ध्रुवीकरणको अवस्थामा अहिलेको राजनीति अगाडि बढिरहेको बताए । उनले परिवर्तनको पक्षधर ध्रुवको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गरिरहेको बताए ।
हमालले राष्ट्र नै प्रमुख हो भन्ने मान्यता सदैव राखिनुपर्ने धारणा राख्दै यदि राष्ट्र र नागरिकलाई पहिलो प्राथमिकतामा राख्दैन भने त्यो राष्ट्र हुन नसक्ने बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले मुलुक र नागरिकलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
हमालले वैकल्पिक शक्तिको नेतृत्व राप्रपाले मात्र गर्ने भएकाले तमाम युवा शक्तिहरुले समेत यथास्थितिवादी र परिवर्तकामी शक्तिलाई पहिचान गर्नुपर्ने धारणा राखेका छन् ।