काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा पेस हुने एजेन्डाहरु अधिवेशन सुरु हुनुभन्दा एक घण्टा अघि दलहरुको सर्वदलीय बैठकले तय गर्ने भएको छ ।
तर, प्रदेशसभा सञ्चालनका लागि कार्य व्यवस्था परार्मश समिति तथा विषयगत समिति भने गठन हुन सकेको छैन । कर्णाली प्रदेशसभा दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्तर्गत ६ वटा बैठक सम्पन्न भइसकेका छन् ।
ती बैठकबाट सभामुख, उपसभामुख चयन तथा मुख्यमन्त्रीले विश्वासको मत लिने काम सम्पन्न भएको छ। सातौँ बैठक आजका लागि बोलाइएको हो । शून्य समय र विशेष समय भएकाले बैठकमा दलहरुले समसामयीक विषयमा आफ्ना धारण राख्ने छन् ।