काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जाने भएका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति पौडेल बिहान साढे ९ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ।
दरबार क्षेत्र अवलोकन, गोरखकाली मन्दिर दर्शनलगायतका लागि पौडेल गोरखा जान लागेका हुन्। उनले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि छ।
राष्ट्रपति कार्यालयका अनुसार उनी २ घण्टा गोरखामा रहनेछन्। राष्ट्रपति आउने भएपछि गोरखा दरबार, गोरखकाली मन्दिरलगायत क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ।