काठमाण्डौ । नेपाली सञ्चार क्षेत्रले समाजलाई मार्गदर्शन भएकाले नेपालका राजनीतिक दलहरुलाई सुधारको बाटोमा लैजाने काम पनि गरेकाले नेपाली सञ्चार माध्यम झनै संवेदनशील हुनुपर्ने पत्रकर एवं विश्लेषक सुदर्शन आचार्यले बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै आचार्यले समाजको ऐनाको कामगर्ने सञ्चार क्षेत्र आफैमा शुद्ध हुनुपर्ने बताए । उनले पछिल्लो समयमा नेपाली सञ्चार क्षेत्रकाबारेमा जसरी आवाज उठेका छन्, त्यसको स्पष्ट जवाफ दिनुपर्ने बताए ।
नेपालका राजनीतिक दलहरुले मुलुक हाक्ने जिम्मेवारी लिएका कारण उनीहरुले कुनै पनि गल्ती गर्ने छुट नभएको आचार्यले बताए । उनले नेपाली सञ्चार क्षेत्रलाई आक्षेप लगाएर राजनीतिक दलहरु कुनैपनि हालतमा पन्छिन नमिल्ने समेत बताए ।
अहिलेको अवस्थामा पत्रकारिता क्षेत्रले मुलुकलाई हाक्ने नभइ राजनीतिले नै मुलुक हाक्नुपर्ने बताउँदै आचार्यले नेपालमा सञ्चार क्षेत्र हावी हुने वातावरण नेपालको राजनीति नै सिर्जना गरिदिएको बताए ।