काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन् । प्ले कार्डसहित प्रदर्शनमा उत्रेकाहरूले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।
केन्द्रीय समितिको बैठक सुरु हुनु अघिदेखि सानेपास्थित केन्द्रिय कार्यालयमा नाराबाजीसहित प्रदर्शन भएको हो ।
गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।