काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सोमवार (भोलि) मोरङ जाने भएका छन् । प्रधानमन्त्री देउवा मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन सोमबार त्यता जान लागेका हुन् ।
सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर धनमाया तामाङका अनुसार प्रधानमन्त्री देउवा भोलि बिहान नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनेछन्।
प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्नुे कार्यक्रम रहेको छ । त्यसैगरी उनले नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैँचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ।