काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे सहमतिमा राहत शिक्षकले भने असहमति जनाएका छन् । उनीहरू सहमतिपत्रमा हस्ताक्षर नगरी वार्ताबाट बाहिरिएका छन् ।
‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन । राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौँ । हामी विज्ञप्ति निकाल्छौँ’, राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले भने ।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको उनले बताए । राहत शिक्षकले आन्दोलन जारी राख्ने भएका छन् ।