काठमाडौं । सञ्चारकर्मी एवम् गायक सुरेन भण्डारीको फरक शैलीको ‘रतन चणी ईजु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमका बीच सो गतिको म्युजिक भिडियो यूटुबमा सार्वजनिक गरिएको हो ।
क्यापिटलकर्मीसमेत रहेका गायक भण्डारीको आफ्नै शब्द तथा संगीत रहेको उक्त गीतमा गायिका लक्ष्मी आचार्यले साथ दिएकी छन्। भिडियोमा मोडेल मिस पबि र उमाकान्त आचार्यले अभिनय गरेका छन् । केशब वडुको एरेन्जमेन्ट रहेको उक्त गीतमा पबन विश्वको मिक्सिङ रहेको छ ।
भिडियो विरेन्द्र भट्टले खिचेका हुन् भने प्रविन थापाको निर्देशन र पदम सुवेदीले सम्पादन गरेका हुन् । सुदुरपश्चिमका देउडा भाकाबाट आफ्नो सांगीतिक यात्रा अगाडि बढाएका भण्डारीले निरन्तर सोहि भुगोलको भाषा र सस्कृती झल्काउने सांगितिक कोशेली पस्कदै आएका छन ।
भिडियो