काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपालीलाई जितका लागि शुभकामना दिएका छन् ।
उनले बिहीबार बिहान सामाजिक सञ्चाल ट्वीटर मार्फत यस्तो शुभकामना दिएका हुन् । उनले उच्च आत्म बलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिएका छन् ।