काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । बिहीबार गरिएको परीक्षणमा उनलाई कोरोना देखिएको हो ।
अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम गरिरहेका एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले बताइन् ।
संक्रमण पुष्टि भएसँगै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको पनि अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।