काठमाडौं । मंकीपक्सको प्रकोपका कारण न्युयोर्क शहरले शनिबार सार्वजनिक स्वास्थ्य संकटको अवस्था घोषणा गरिएको छ । न्यूयोर्क शहरका मेयर एरिक एडम्स र शहरका स्वास्थ्य आयुक्त आश्विन भासनद्वारा संयुक्तरूपमा जारी वक्तव्यमा न्यूयोर्क राज्यमा कूल एक हजार ३८३ जनामा मंकपक्स सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
ञहाल न्यूयोर्क शहर यो प्रकोपको केन्द्र हो र हाम्रो अनुमानअनुसार हाल करिब एक लाख ५० हजार न्यूयोर्कवासीहरू मंकीपक्स सङ्क्रमणको जोखिममा पर्न सक्ने उक्त वक्तब्यमा लेखिएको छ । न्यूयोर्कका गभर्नर क्याथी होचुलले राज्यमा मंकीपक्स सङ्क्रमणले प्रकोपको रूप लिएको घोषणा गरेको एक दिनपछि नयाँ घोषणा भएको बताए ।
बिहीबार न्यूयोर्क स्वास्थ्य विभागले मङ्कीपक्स सङ्क्रमणलाई ‘जनस्वास्थ्यको लागि आउनै लागेको खतरा’ को घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्यांकले देखाएअनुसार शुक्रबारसम्म अमेरिकाभर पाँच हजार १८९ रोगको पुष्टि भएको थियो ।