काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १४ कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ५३४ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन्।
मन्त्रालयका अनुसार एक हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ११ र ९ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो। यस्तै कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु पुष्टि भएको छैन।
हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११ जना कोरोना संक्रमणबाट निको भएका छन्।
योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार २८८ पुगेको छ। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १०५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।