काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोनाका थप ६ जना नयाँ संक्रमित थपिएका छन् । २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ ।
यो अवधिमा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।