काठमाडौं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको संक्रमणा पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ५३ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै थप १७ जना निको भएसँगै सक्रिय संक्रमितको सङ्ख्या दुई सय १५ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
यही अवधिमा ८४ हजार ६ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।