भक्तपुर । चखुँ प्रकाश समूहको आयोजनामा तीज गीत नृत्य प्रतियोगिताका सम्पन्न भएको छ ।
जिल्लाका १२ विद्यालयका प्रतियोगीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नवरत्न स्कूलले प्रथम भई उपाधि जितेको छ ।
समूहले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आयोजान गरेको छैठौं नृत्य प्रतियोगितको उपाधी नवरत्न स्कूलले जितेको हो । प्रतियोगितामा द्वितीय, जनप्रेमी वल्र्ड स्कूल र तृतीय स्थान कौशलटार अंग्रेजी स्कूलले जित्न सफल भएका छन् । त्यस्तै सान्त्वना पुरस्कार मनोरम बोर्डिङ स्कूल र सुप्रिम एकेडमीले प्राप्त गरे ।
प्रतियोगितमा चखुँ विशेष पुरस्कार ह्याप्पी नेष्ट स्कूलले प्राप्त ग¥यो भने उत्कृष्ट भेषभुषा ग्लोबल पाठहालाले पाउन सफल भयो । यसैगरी उत्कृष्ट नृत्य निर्देशकको उपाधी नवरत्न स्कूलका नृत्य प्रशिक्षक समरि शंखदेव प्रजापतीले पाउन सफल भए ।
प्रतियोगितामा विजयीहरुलाई सूर्यविनायक नगरपालिकाकाका प्रमुख बासुदेव थापाले पुरस्कार वितरण गरेका थिए ।